Connect with us
Kapilvast Forest

मनकामना सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

२०८२, २१ पुष सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिका–१ करहियामा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका विषयमा छलफल गर्दै सभा सम्पन्न गरिएको हो ।

साधारण सभाका प्रमुख अतिथि डिभिजन वन कार्यालय गौतम बुद्धका डिभिजनल वन प्रमुख महेन्द्रराज वाग्लेले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै उपभोक्ताको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । ।

उहाँले वनसँग प्रत्यक्ष रूपमा आश्रित नागरिकहरूले वन विनाश रोक्न, अवैध कटानी नियन्त्रण गर्न र जैविक विविधता संरक्षणमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको जीविकोपार्जनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा मनकामना सामुदायिक वनका अध्यक्ष विनोद कुवरले संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले गत आर्थिक वर्षमा वन संरक्षण, वृक्षरोपण, आगलागी नियन्त्रण, वन पैदावार व्यवस्थापनलगायत क्षेत्रमा गरिएका गतिविधि र देखिएका समस्याहरू नागरिक समस्या प्रतिवेदनमार्फत साधारण सभामा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी कोषाध्यक्ष सरोज शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा वन व्यवस्थापन, उपभोक्ता हितका कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी योजनाहरू कार्यान्वयन गरिने बताउनुभयो ।

साधारण सभामा शिवराज नगरपालिका–१ का वडा अध्यक्ष खिमबिक्रम केसी, शिवपुर सब–डिभिजन वन कार्यालय शिवपुरका कार्यालय प्रमुख ओली महमद राइनलगायतको विशेष आतिथ्यता रहेको थियो । साथै विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu