शंकर पोखरेलले सोधे, सिंहदरबार जलाउने को हो ?
काठमाडौँ-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबारलाई जलाउने र त्यो कामलाई उक्साउने को भनी प्रश्न गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले भूकम्पले थिलथिलो भएको सिंहदरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो भनेर समेत प्रश्न गरेका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार र संसदसहित धेरै सरकारी संरचनाका साथै नेताहरूको घर जलाइएको थियो। भदौ २३-२४ को आन्दोलनमा ७६ जनाको ज्यान लिन निर्देशन दिनेलाई कारबाही गर्नुपर्ने आवाज चर्किरहेका वेला सरकारी भवन तथा व्यक्तिगत घरमा आगो लगाउनेलाई पनि यसको दायरामा ल्याउनुपर्ने तर्क कतिपयले गर्दै आएका छन्।