विशेष महाधिवेशनस्थल पुगे गगन
काठमाडौं –
नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । केहीबेरदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा नेताहरू पुग्न थालेका छन् ।महाधिवेशनस्थलमा महामन्त्री गगन थापा पनि केहीबेर अघि पुगेका छन् । अहिले विभिन्न स्थानबाट र्यालीसहित नेता कार्यकर्ताहरू भृकुटीमण्डप पुगेका छन् ।पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन । दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।