Connect with us
Kapilvast Forest

एसइई परीक्षामा चुनावको प्रभाव : उम्मेदवारी दर्तापछि बोर्डले मिति तोक्ने

२०८२, ४ माघ शनिबारमा प्रकाशित

काठमाडौं-

राष्ट्रिय परीक्षा बोर्डले माघ ६ गतेपछि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बारे निर्णय लिने भएको छ।कुन मितिबाट परीक्षा सञ्चालन गर्ने भन्नेबारे माघ ६ गतेपछि मात्रै निर्णय लिइने बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उपनियन्त्रक तारानाथ निरौलाले जानकारी दिए।फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन आयोगको निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका लागि माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उम्मेदवारी दर्तापछि एसइई परीक्षाबारे निर्णय लिइने उपनियन्त्रक  निरौलाले बताए। उनले भने, ‘निर्वाचन हुन्छ वा हुँदैन भन्ने द्विविधाले हामीलाई पनि समस्यामा पारेको छ, हालसम्म केही निर्णय गर्न सकिएको छैन, अब उम्मेदवारी दर्तापछि कहिलेबाट एसइई परीक्षा सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्छौ।’यो वर्ष (२०८२) को एसइई परीक्षा आगामी चैत पहिलो हप्ता सञ्चालन हुने बोर्डको वार्षिक कार्यतालि थियो तर निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुग्ने देखिएको हो।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीले मुख्य त मतपत्र र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने एउटै ठाउँ (सरकारी स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड) हुँदा निर्वाचनको प्रभाव पर्ने बताए।उनले भने,‘अब प्रतिनिधिसभा निर्वाचन हुने नै देखिएको छ। यसले परीक्षामा प्रभाव पार्ने देखियो। मतपत्र र प्रश्नपत्र छाप्ने एकै ठाउँ भएकाले केही सुरक्षाका हिसाबले पनि समस्या हुने भयो। त्यसैले परीक्षा मिति सार्ने बोर्डको तयारी छ।’गत वर्ष (२०८१) सालको एसइई परीक्षा भने चैत ७ गतेबाट शुरु भएर १४ गते सकिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu