Connect with us
Kapilvast Forest

राप्रपामा काठमाडौँ–१ केन्द्रित विवाद, मिश्र र उप्रेतीबीच दाबीको रस्साकस्सी

२०८२, ४ माघ शनिबारमा प्रकाशित

rajendra-lingdel.png

काठमाडौँ –

काठमाडौँ क्षेत्र नम्बर १ मा विवाद चर्किएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्लाभर उम्मेदवार चयन गर्न सकेको छैन।
काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो । क्षेत्रीय निर्वाचन समितिले पशुपतिशमशेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो।

राणाले उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफनो दाबी प्रस्तुत गरेका छन्। मिश्रले पनि आफनो उम्मेदवारी रहने बताएका छन्। वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुईपटक पराजित भसकेका व्यक्ति हुन् ।राप्रपाले विवाद मिलाउन आइतबार दुबै पक्षसँग छलफल गर्ने जनाएको छ। उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी दिए। काठमाडौं १ का बासिन्दाले स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउन पाटीको ध्यानाकर्षण गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu