Connect with us
Kapilvast Forest

बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

काठमाण्डाै -सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने बताएका छन्।सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको भन्दै उनले प्रदेश नम्बर २ को पिपरामा बाटो बनेन भने साँच्चै अनशन बस्ने बताएका हुन्।बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफू अनशन बस्छु भनेपछि जनतामा भरोसा भएको पनि दाबी गरे।

‘जहाँ जानुभयो त्यहीँ आन्दोलनमा बस्छु, अनशनमा बस्छु भन्नुहुन्छ, कारबाही गर्ने कि अनशनमा बस्ने?’ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘जहाँ पनि अनशनमा बस्छु भनेको छैन। दुई ठाउँमा भनेको छु। जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो पनि नबनेर दुस्ख पाएका छन् त्यहाँ साँच्चै अनशनमा बस्छु।’

उनले पिपरामा बाटो नबने अनशनमा बस्ने बताएका हुन्। ‘जहाँ मैले अनशन बस्छु भनेपछि हाम्रो पार्टीले चुनाव पनि जित्यो। जनतालाई भरोसा पनि भएको छ,’ उनले भने, ‘म साँच्चै बस्छु पनि फेरि। त्यो बाटो समयममा बनेन भने। त्यस्तो ठाउँमा गएर भनेको हो, जहाँ पनि अनशन बस्छु भन्ने कुरा होइन। भन्ने भए यहीँ पनि भन्थे नि!’प्रचण्डले मंसिर १० गते निजगढमा नेकपाले गरेको कार्यक्रममा मधेशका जनताले दुस्ख पाए अनशन बस्ने बताएका थिए। प्रदेश नम्बर २ को विकासमा ठेकेदारका कारण पनि ढिलासुस्ती भएको भन्दै प्रचण्डले त्यसबेला अनशन बस्ने बताएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu