Connect with us
Kapilvast Forest

मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे प्रधानमन्त्री बन्छ भनेर भोट दिनुहोला : बालेन

२०८२, ६ माघ सोमबारमा प्रकाशित

काठमाडौ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउनुपर्ने बताएका छन् । रास्वपाले जनकपुरको त्रिभुवनिया गाछीमा सोमबार आयोजना गरेको ‘परिवर्तनको उद्घोषण सभा’लाई सम्बोधन गर्दै उनले अधिकारका लागि नागरिकहरू काठमाडौँ धाउन नपर्ने किसिमको संघीयता निर्माण गर्नुपर्नेमा बताए ।

उनले भने, ‘अहिले एउटा पालिकाले प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्दा काठमाडौँ जानुपर्छ, उखु किसानले उचित मूल्य पाउन काठमाडौँ पुगेर आन्दोलन गर्नुपर्छ, मिटरब्याजी पीडितले न्यायका लागि सिंहदरबार घेराउ गर्न बाध्य छन् ।’ तर अब देशभरबाट काठमाडौँ पशुपतिनाथ र शम्भुनाथको दर्शन गर्नका लागि मात्रै जानुपर्ने वातावरण बनाउनुपर्ने उनले उल्लेख गरे।

आफू काठमाडौँ महानगरपालिकाको मेयर हुँदा देशका विभिन्न ३५ वटा पालिकालाई एम्बुलेन्स उपलब्ध गराइएको, २० हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको र १० हजार जनालाई काठमाडौँका महँगा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको स्मरण गर्दै उनले यसले समाजवादको असली अभ्यास भएको दाबी गरे।

मैथिली भाषामा सम्बोधन गरेका बालेनले भने, ‘म काम गर्न आएको हुँ। काम गरेर देखाउँछु र काम गर्ने वातावरण तपाईँहरूले बनाइदिनुस् । काठमाडौँको मेयर हुँदा कामको व्यस्तताले सार्वजनिक मञ्चमा धेरै बोलिनँ। राजीनामा दिएपछि आज पहिलोपटक यहाँ बोल्दैछु । मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे देशको प्रधानमन्त्री बन्छ भनेर भोट दिनुहोला ।’

बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनु पर्ने बताए ।

साभार : नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu