Connect with us
Kapilvast Forest

आज झापा- ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै ओली

२०८२, ९ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झापा निर्वाचन क्षेत्र नं. ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन्।
गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको छ।
उनले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ। त्यहाँको विकासको अवस्था र पार्टी कामबारे कार्यकर्ताले उनीहरूलाई जानकारी गराउने छन् ।

अध्यक्ष ओलीले पनि कार्यकर्ताको गुनासो सुन्नुका साथै पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका कामबारे जानकारी गराउनेछन् । अध्यक्ष ओलीले मंगलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीसँग अलग अलग छलफल गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu