Connect with us
Kapilvast Forest

अराजकताको आयु लामो हुँदैन : अध्यक्ष ओली

२०८२, ९ माघ बिहीबारमा प्रकाशित

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन् ।

विध्वंश मच्चाउनेहरु कानुनी दायरामा आउने उनको भनाइ छ ।‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला’ ओलीले भने,’ अराजकताको आयु लामो हुँदैन नि ।’नेता पुरीले आफूले सबै प्रमाणहरु संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको जानकारी गराए ।आगजनी र तोडफोडका क्रममा क्रममा भएका सबै सम्पत्ति लुटिएको, घरायसी सामानहरु जलाइएको र घर पनि तोडफोड गरिएको उनको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu