Connect with us
Kapilvast Forest

रास्वपापछि कांग्रेसको शक्ति प्रदर्शन, १६ गते जनकपुरबाट चुनावी अभियानको शुभारम्भ

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ ।सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् । सभाको तयारीको तयारीका प्रदेश समितिको शनिबार बैठक बस्न लागेको मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।

‘प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको आज बैठक बस्दैछ,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘माघ १६ गते हुने बृहत् सभामा लाखौं मान्छे सहभागी हुन्छन् ।कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् ।

यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी सभा गरेको थियो । जुन सभाबाटै काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रुपमा चुनावी सभामा सम्बोधन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu