सिद्धान्त नभएको रास्वपाले घण्टी बजाउँदैमा केही हुनेवाला छैन : प्रचण्ड
मंगलवार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका हुन्। प्रचण्डले रास्वपामा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनका वेला सोसल मिडियामा हल्ला गर्ने बाहेक अरू केही गर्न नसकेको आरोप लगाए।
उनले घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। सबै वामपन्थी शक्ति एकताबद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने प्रचण्डको कथन थियो।
उनले भने,‘घण्टी बजाएर मात्रै केही हुनेवाला छैन। अहिले सिद्धान्त र विचारको खडेरी भएको पार्टीले सोसल मीडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम भइराखेको छ। हामी सबै वामपन्थी एकताबद्ध भएर मात्रै यसलाई रोक्न सकिन्छ।’
प्रचण्डले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताए।