Connect with us
Kapilvast Forest

भ्रममा नपरौँ, हामी सनातन सभ्यताका रक्षक हौँः उपसभापति वाग्ले

२०८२, १७ माघ शुक्रबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा सनातन सभ्यता र बहुलवादी समाजको कवच रहेको दाबी गरेका छन् । शुक्रबार बिहान फेसबुकमा आफूविरुद्धको आरोप खण्डन गर्दै वाग्लेले यस्तो दाबी गरेका हुन्।‘सनातन सभ्यता र उन्नत लोकतन्त्र । हाम्रो धारणा यति स्पष्ट हुँदाहुँदै विपक्षीहरू किन भ्रम छर्न उद्यत हुन्छन्?,’ वाग्लेले लेखेका छन्, ‘हामी सनातन सभ्यताको रक्षक, उदार, सहिष्णु, बहुलवादी समाजको कवच हौँ ।’

रास्वपाका सार्वजनिक दस्तावेज पढेर धारणा बनाइदिन उनले आग्रह गरेका छन् । ‘हाम्रो दस्तावेजहरू तपाईँहरू पढिदिनुहोला । हाम्रै दस्तावेजमा प्रश्न सोधिराख्नु पर्दैन। नेपालको इतिहास र नेपालको सनातन सभ्यताप्रति हामीलाई गर्व छ भनेर हामीले त्यहीँ लेखेका छौँ,’ वाग्लेले भनेका छन् ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu