Connect with us
Kapilvast Forest

४ वर्षपछि प्रहरीको रासन १० प्रतिशत वृद्धि : अन्डा, मासु र बिस्कुट थपिए

२०८२, १७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं –

‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् ।रासन बढ्ने निर्णय सुनाए पनि के(कति बढेको भन्नेबारे गृहमन्त्री अर्यालले केही खुलाएनन् । यसबारे नेपाल प्रहरीसँग बुझ्दा अहिले पाइआएको रासनमा सरदर १० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ ।

यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन्, ‘समग्रमा भन्दा अहिले पाइआएको रासनको १० प्रतिशत रकम वृद्धि भएको हो ।’जिल्लागत रूपमा रासनको रकम फरकफरक छ । हिमाली जिल्लामा महँगो हुने भएकाले त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सोहीअनुसार रासन वापतको रकम पाउने गर्छन् ।तराईका जिल्लाहरूमा भने तुलनात्मक रूपमा सस्तो हुने भएकाले सोही अनुसारको रासन दररेट छ ।

काठमाडौंमा अहिले एक प्रहरीले दैनिक रासन बापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएका छन् । अब १ फागुनबाट यो रकम बढेर दैनिक २ सय २१ रुपैयाँ ९२ पैसा पुग्ने प्रवक्ता काफ्लेले बताए ।त्यसैगरी, अहिले झापामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ८० रुपैयाँ ५५ पैसा रासन बापतको रकम पाउँछन् । अब १ फागुनबाट भने दैनिक १ सय ९९ रुपैयाँ १० पैसा पाउने छन् ।नेपाल प्रहरीमा रासन वापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसबापत रकम पाउने छन् ।
सबैभन्दा बढी रासन रकम हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरी कर्मचारीले पाउँछन् । त्यहाँ कार्यरत प्रहरी कर्मचारीले दैनिक ८ सय ६५ रुपैयाँ ६५ पैसा पाउँदै आएका छन् । १ फागुनबाट भने ९ सय ५२ रुपैयाँ ३६ पैसा पाउने छन् ।

त्यस्तै, चामल दैनिक ६ सय ९० ग्राम पाउने गरेकोमा १ फागुनदेखि ७ सय २० ग्रामको दरले पाउने छन् । अहिले ४०३०।५ क्यालोरी पाउनेमा अब १ फागुनदेखि ४ हजार ३ सय ६४ क्यालोरी पाउने छन् ।यसअघि २०७८ सालमा प्रहरीको रासन वृद्धि भएको थियो । २०७२ सालको रासनमा २०७८ सालमा १५ प्रतिशत भएको थियो । अहिले त्यही २०७८ को रासनमा चार वर्षपछि १० प्रतिशत वृद्धि भएको हो ।

३ आइटम थपियो

नेपाली सेना, सशस्त्र प्रहरी बलले रासनको रूपमा अन्डा, मासु, बिस्कुटहरू पाउँदै आएका छन् । तर नेपाल प्रहरीका कर्मचारीले भने रासनको रूपमा यी तीन वस्तुहरू पाउँदैनथे ।जसका कारण प्रहरीलाई रासनमै विभेद हुने गरेको भन्दै पटक(पटक गुनासोसमेत आउने गरेको थियो । अहिले भने यी तीन वस्तुहरू अन्डा, मासु र बिस्कुटको आइटम थप भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।

तीन आइटम थप भएसँगै अब नेपाल प्रहरीका कर्मचारीले रासन वापत १९ प्रकारका सामान पाउने छन् । नेपाल प्रहरीमा रासन वापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसवापतको रकम पाउने छन् ।रासनमा अब २५ ग्राम मासु, हाई इनर्जी बिस्कुट र दैनिक एउटा अन्डा थपिएको छ । २४ घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरीलाई रासन अपुग भएको भन्दै प्रहरीले लबिइङ गर्दै आएको थियो ।

‘प्रहरीको मनोबल वृद्धिमा महत्वपूर्ण उपलब्धि’

२७ कात्तिकमा गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछिको पहिलो सम्बोधनमा प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले रासन वृद्धिको विषय उठाएका थिए ।‘नेपाल प्रहरीले प्राप्त गर्ने रासन र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नको लागि आवश्यक आधारभूत पोषण सन्दर्भमा समेत असंगत र अपर्याप्त भएको कुरा आजका दिनमा सबैले बुझिसकेका छन्,’ कार्कीले भनेका थिए ।

त्यतिबेलै घुमाउरो तरिकाले रासन वृद्धि हुनुपर्ने विषय उनले उठान गरेका थिए । आईजीपी भएको तीन महिना नपुग्दै रासन वृद्धि गर्न उनी सफल भएका छन् ।प्रहरीको मागलाई सम्बोधन गर्दै सरकारले रासन वृद्धि गर्ने निर्णय गरेकाले प्रहरीको मनोबल उच्च हुने उनले बताएका छन् ।‘नेपाल प्रहरीको लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै रासन रकम वृद्धि गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीको रासन वृद्धि हुनु न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि हो,’ आईजीपी कार्कीले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu