सुर्खेतमा समर्थकबाट घेरिए बालेन शाह
सुर्खेत-
रास्वपा वरिष्ठ नेता बालेन शाह चुनाव प्रचार प्रसार अभियानको क्रममा सुर्खेत पुगेका छन् ।कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश प्रवेश गरेका उनले समर्थक तथा सुभेच्छुकसँग भेटघाट गर्दै आएका छन् । झापा–५ बाट उम्मेदवारी दिएका उनी रास्वपाका अन्य सांसदको पक्षमा माहोल बनाउन चुनावी दौडमा रहेका छन् ।