तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा
निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ।फागुन २१ गते हुने मतदान स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको तयारी तीव्र छ।
निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ। सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको छ।
प्रत्यक्षतर्फ शुक्रबारसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक तर्फको मतपत्रको छपाइ यसअघि नै सकिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइएको छ। शनिबारसम्म मतपेटिका पनि तयार भइसकेको आयोगले जनाएको छ।