Connect with us
Kapilvast Forest

स्वेता गिरिको नेकपा प्रवेशले कपिलवस्तु–३ मा वाम शक्ति मजबुत बन्दै

२०८२, २५ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै स्वेता गिरि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन्। निर्वाचनको मुखैमा भएको यो राजनीतिक घटनालाई कपिलवस्तु जिल्लाको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा लिइएको छ। लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएकी अनुभवी नेतृ गिरिको यो निर्णयले नेकपाको संगठनात्मक शक्ति थप मजबुत हुने अपेक्षा गरिएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ घर भएकी गिरि यसअघि नेकपा (माओवादी केन्द्र) बाट राजनीतिमा स्थापित नेतृका रूपमा परिचित छिन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिका उपप्रमुख पदमा उम्मेदवारी दिँदै सशक्त प्रतिस्पर्धा गरेकी थिइन्। जनआन्दोलन, संगठन निर्माण र स्थानीय तहको राजनीतिक संघर्षमा लामो अनुभव बोकेकी गिरि स्थानीय स्तरमा प्रभावशाली नेतृ हुन ।
गत असार महिनामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । तर, छोटो समयमै पार्टीको वैचारिक अस्पष्टता, संगठनात्मक कमजोरी र जनमुखी एजेन्डाको अभावका कारण आफू असन्तुष्ट भएको स्पष्ट पार्दै उनले रास्वपा परित्याग गर्ने निर्णय लिएको बताएकी छन्। उनले जनताको पक्षमा उभिने स्पष्ट वैचारिक आधार नभएको पार्टीसँग आफ्नो राजनीतिक यात्रा सम्भव नभएको टिप्पणी समेत गरेकी छन्।
नेकपामा प्रवेश गर्दै गिरिले वामपन्थी राजनीति नै समाज परिवर्तनको एकमात्र भरपर्दो बाटो भएको बताइन्। उनले श्रमिक, किसान, महिला, दलित र उत्पीडित वर्गको अधिकारका लागि नेकपा निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै आफू पुनः जनताको आन्दोलनमा फर्किएको दाबी गरिन्। वाम एकता सुदृढ गर्दै प्रतिक्रियावादी शक्तिहरूको सामना गर्न आवश्यक रहेको उनको धारणा छ ।
नेकपाको नेतृत्वले स्वेता गिरिको प्रवेशलाई पार्टीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। पार्टीले उनको राजनीतिक अनुभव, संगठन सञ्चालनको क्षमता र जनसम्पर्कले कपिलवस्तु जिल्लामा नेकपाको आधार विस्तार गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा निर्वाचन नजिकिँदै गर्दा भएको यो पार्टी प्रवेशले नेकपाको चुनावी अभियानलाई थप ऊर्जा दिने देखिएको छ। रास्वपाबाट आएको यो परित्यागले वैकल्पिक राजनीतिका नाममा उठेका शक्तिहरूको कमजोरी उजागर भएको नेकपाका नेताहरूको विश्लेषण रहेको छ।
स्वेता गिरिको पार्टी परिवर्तनलाई केवल व्यक्तिगत निर्णयको रूपमा मात्र नभई कपिलवस्तु जिल्लाको राजनीतिक ध्रुवीकरणलाई थप स्पष्ट बनाउने घटनाका रूपमा हेरिएको छ। उनको सक्रियताले आगामी निर्वाचनमा नेकपाको शक्ति सन्तुलन बदलिने संकेत देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu