Connect with us
Kapilvast Forest

टी–२० विश्वकपमा नेपाल इङल्यान्डसँग ४ रनले पराजित

२०८२, २६ माघ आईतवारमा प्रकाशित

मुम्बई –

आइसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल जित नजिक पुगेर इङल्यान्डसँग पराजित भएको छ।

आज भारतको मुम्बईस्थित वानखेडे रंगशालामा इङल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाउँदै १८० रन मात्र बनाएपछि ४ रनले पराजित भएको हो। रोमाञ्चक खेलको अन्तिम ओभरमा १० रन आवश्यक रहेको अवस्थामा नेपालले ५ रन मात्र जोड्न सक्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४४ रनको योगदान गरे। यसैगरी लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा अविजित ३९ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ३९, कुशल भूर्तेलले २९ रन बनाए।

इङल्यान्डका लागि लियम डवसनले २ तथा लुक उड, विल ज्याक्स, जोफ्रा आर्चर र साम करनले १–१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो।

उसका लागि याकुब बेथेलले सर्वाधिक ५५ रन बनाउदा हेरि ब्रुकले ५३ रनको योगदान गरे। विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए। नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले २÷२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu