Connect with us
Kapilvast Forest

दमकमा ओली र बालेन

२०८२, २७ माघ सोमबारमा प्रकाशित

काठमाडौं –
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मतदाताको घरदैलोमा पुग्न थालेका छन। धेरैको ध्यान केन्द्रित भएको झापा–५ मा पहिलो पटक दुवै उम्मेदवार एकसाथ मतदातासम्म पुग्न थालेका हुन्। दुवै उम्मेदवार दमकमा भएका कारण त्यहाँको सुरक्षाव्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दमकको चोक बजारमा प्रहरी परिचालित भएको छ।
Balen-1770596768.jpg

अध्यक्ष ओलीले बिहीबार झापा पुगेर शनिबारदेखि गृहनगर दमकमा रहेर मतदातासम्म घरदैलोमा पुग्दै आएका छन्। कमल गाउँपालिकाका विभिन्न चोक बजारमा गएर मतदातासँग दोहोरो संवादमा रहँदै आएका ओलीले आइतबार कमल गाउँपालिकाका विभिन्न ठाउँमा ओली पुगे।
मतदातासमक्ष अध्यक्ष ओली पुग्दा धनीपुर्जाको समस्या, सडकको समस्या, कमल गाउँपालिकामा निर्माणाधीन रहेको आदिवासी रङ्गशाला निर्माणको विषयमा ध्यानाकर्षण गराएका थिए। अध्यक्ष ओलीले विकास र सम्बृद्धिको सपना देखाएर अघि बढ्ने पार्टी एमाले मात्र भएको बताउँदै भ्रममा नपर्न आग्रह गरे। उनले भने, “हामीले धेरै कुरा सुरु गरेका थियौँ, त्यो अनुसार काम पनि भइरहेको थियो तर अरू आएर त्यो काम रोक्ने गरेका छन्।”
दमकमा ओली र बालेन
रास्वपाका वरिष्ठ नेता शाहले आइतबार अपराह्नदेखि दमकमा आफ्नो घरदैलो कार्यव्रmम सुरु गरे। उनले दमकका विभिन्न वडाका चोक बजारमा घरदैलो कार्यक्रममा उपस्थिति जनाउन थालेको हो।  आइतबार मात्र उनले एक दर्जनभन्दा बढी ठाउँमा निर्वाचनकेन्द्रित चुनावी अभियान अन्तर्गत मतदातासँग भेटघाट भएको रास्वपाका नेता भेषराज भट्टराईले बताए।

ओली र शाहसँगै झापाको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसकी मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मी सङ्ग्रौला लगायतका उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै आएका छन्। दुई जनाको चर्चाले अन्य उम्मेदवारको चुनावी अभियान ओझेलमा पर्ने गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu