निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन
डोटी –
फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग गरेका छन् ।निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको युवाहरूको माग छ । उनीहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पनि पठाएका छन् ।
ज्ञापनपत्रमा फागुन १८ मा पहाडी क्षेत्रमा होली र १९ गते तराई क्षेत्रमा होली परेकाले यी दुवै दिन देशैभर बिदा दिनुपर्ने माग छ । यस्तै, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने, २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने, २२ गते शुक्रबार भएका हुँदा आफ्नो गन्तव्यमा फर्कनका लागि समय दिइनुपर्ने माग गरिएको छ । २३ गते शनिबार पर्छ ।
‘विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल मतदानको वातावरण बनाउन नसकिएपनि देशभित्रै रहेकालाई त मतदान गर्ने वातावरण बनाइदिनुपर्यो’, बोहराले भने, ‘यसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढ्नेछ ।’