Connect with us
Kapilvast Forest

रामेछापमा बस दुर्घटना : ज्यान गुमाएका १२ मध्ये १० जनाकाे सनाखत

२०८२, २८ माघ मंगलवारमा प्रकाशित

रामेछाप –

रामेछापकाे सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र  लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिनुभयो । ज्यान गुमाएका दुई जनाकाे सनाखत हुन बाँकी छ ।

रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार बस दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेहरूको खुर्कोटमा रहेकाे शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बसका बाँकी यात्रुको अझै खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

काठमाण्डाैबाट ओखलढुङ्गाका लागि छुटेकाे अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका–६ मसानटार सडकबाट तल तामाकोशी नदीमा खसेको थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu