Connect with us
Kapilvast Forest

आजदेखि चुनावी मैदानमा निर्वाचन प्रहरी

२०८२, २९ माघ बुधबारमा प्रकाशित

निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिनेछन् ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले तालिम पूरा भएका निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाउन लागिएको बताए ।

‘मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीको तालिम पूरा भएको छ । १० दिनको तालिम लिएका छन् । उनीहरूले गत १८ माघमा नियुक्तिपत्र लिएका थिए । अब निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइँदै छ,’ उनले भने ।

चार हजार ६१४ सय मतदानस्थल अतिसंवेदनशील 
निर्वाचन आयोगले देशभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । यसभित्र २३ हजार ११२ निर्वाचन केन्द्र छन् । संवेदनशीलताका हिसाबले कतिपय एक निर्वाचन केन्द्रलाई एक निर्वाचन स्थलबराबरकै सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सुरक्षा विश्लेषण छ ।

प्रहरीले चार हजार ६१४ निर्वाचनस्थललाई अतिसंवेदनशील मानेको छ । जुन कुल मतदानस्थलको ४२.०७ प्रतिशत हो । अतिसंवेदनशील मतदानस्थलमा बागमती र मधेश प्रदेशमा बढी छन् ।

बागमतीमा एक हजार २८८ र मधेशमा एक हजार २४६ गरी दुईहजार ५३४ मतदानस्थल अतिसंवेदनशील छन्, यो कुल अतिसंवेदनशीलको ५४.९१ प्रतिशत हो । बाँकी दुई हजार ८० अर्थात् ४५.०९ प्रतिशत अतिसंवेदनशील निर्वाचनस्थल अन्य प्रदेशमा छन् । उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् ।

त्यस्तै, चार हजार ४४२ मतदानस्थल सुरक्षा चुनौती 
विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा २३७, कोशीमा ८२१, मधेशमा ७५५, बागमतीमा ४९७, गण्डकीमा ५७७, लुम्बिनीमा ७३८, कर्णालीमा ४२२ र सुदूरपश्चिममा ३९५ छन् । बाँकी दुई हजार ८४५ स्थल भने सामान्य ठानिएका छन् छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu