Connect with us
Kapilvast Forest

सडक निर्माणका लागि विश्वदीप पाण्डेको लिखित प्रतिबद्धता

२०८२, ९ फाल्गुन शनिबारमा प्रकाशित

बुटवल
रुपन्देही–२ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले लामो समयदेखि सडक नबन्दा हैरानी खेपिरहेका स्थानीयबासीसमक्ष लिखित प्रतिबद्धता जनाएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका पाण्डेले चुनावी घरदैलो अभियानका क्रममा मौखिक आश्वासन मात्रै पर्याप्त नभएको भन्दै सडक निर्माणलाई प्राथमिकतामा राख्ने लिखित प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

स्थानीयवासीले विगतमा पटक–पटक आश्वासन मात्रै पाएको गुनासो गरेपछि काम पूरा गर्ने स्पष्ट समयसीमा र पहल गर्ने प्रतिबद्धता कागजमै उतार्नुपरेको उनले बताएका छन्।

शुक्रबार रुपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा–५ मा आयोजित घरदैलो अभियानका क्रममा उनले ‘नागपथ’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। पत्रमा उनले लेखेका छन्, “म विश्वदीप पाण्डे ‘शुभाष’, नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार । म यस क्षेत्रमा सुशासन कायम राख्दै भ्रष्टाचार अन्त्य गर्न प्रतिबद्ध छु । साथै यस क्षेत्रको विकासका काममा स्थानीय तहसँग समन्वय गरी नागपथ (तिलोत्तमा–५) को बाटो स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

स्थानीय पूजा पाण्डेय र भीमा सुवेदीले बाटोको अवस्थाबारे गुनासो गरेपछि उनले लिखित बाचा गरेका हुन् । “हुन त प्रतिनिधिसभामा जाने व्यक्तिले नीति निर्माण तहबाट विषय सम्बोधन गर्ने हो, तर जनताको जायज मागमा हामी सम्बन्धित निकायलाई झक्झ्याउने छौँ,” उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu