कपिलवस्तुको तीनवटा क्षेत्रमा ९८ जना उम्मेद्वार प्रतिपर्धामा, कुन क्षेत्रमा कति ?
न्युज सेन्टर नेपाल
कपिलवस्तु। कपिलवस्तुको तीन वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कपिलबस्तुका तीन वटा निर्वाचन क्षेत्रमा ३ लाख ९६ हजार २ सय ६५ मतदाता रहेका छन् ।
सबै भन्दा धेरै क्षेत्र नम्बर १ मा १ लाख ४७ हजार ६५९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ७७ हजार ६ सय ४६ जना महिला मतदाता ७० हजार ९ जना र अन्य मतदाता ४ जना रहेको निर्वाचन आयोगले जनाएको छ । क्षेत्र १ मा ७९ मतदान स्थल र १७९ मतदान केन्द्रहरू तोकिएको छ भने ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये १९ जना राजनीतिक दलका र १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा २ जना महिला उम्मेद्वार रहेका छन् ।
निर्वाचनमा प्रमुख प्रतिपर्धाको रुपमा नेपाली काँग्रेसका अतहर कमाल मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन लाल आचार्य, एमालेका विश्राम प्रसाद चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्ण बहादुर कुँवर प्रतिपर्धामा देखिएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३० हजार २ सय २ मतदाता छन जसमा पुरुष मतदाता ७० हजार २६४ र महिला मतदाता ५९ हजार ९३८ रहेका छन् । क्षेत्र नम्बर २ मा ८४ मतदान स्थल र १६३ मतदान केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा २८ जना उम्मेदवार प्रतिपर्धा गरेका छन जसमा १७ जना राजनीतिक दल र ११ जना स्वतन्त्र रहेका छन् । यो निर्वाचन क्षेत्रमा पनि २ जना महिला उम्मेदारी दिएका छन् । निर्वाचनमा प्रमुख प्रतिपर्धाको रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दृग नरायण पाण्डेय, नेपाली काँग्रेसबाट सुरेन्द्र राज आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बृजेश कुमार गुप्त र राष्ट्रिय स्वतन्त्र पार्टी विक्रम थापाबीच नै मुख्य प्रतिपर्धा हुँदैछ ।

यस्तै क्षेत्र नम्बर ३ मा १ लाख १८ हजार ४०४ मतदाता छन जसमा पुरुष ६३ हजार ९३६ र महिला ५४ हजार ४६८ छन् । क्षेत्र नम्बर ३ मा ७२ मतदान स्थल र १४८ मतदान केन्द्रहरू तोकिएको छ । जिल्लाकै सबै भन्दा धेरै उम्मेद्वार मैदानमा छन । क्षेत्र नम्बर ३ मा ३६ जना उम्मेदवार छन्, जसमा १३ जना राजनतिक दलका र २३ वटा स्वतन्त्र रुपमा उम्मेद्वार रहेका छन् । क्षेत्र नम्बर ३ मा महिना उम्मेद्वारको संख्या शुन्य छ । क्षेत्र नम्बर ३ मा निर्वाचनमा प्रमुख प्रतिपर्धाको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरिया, नेपाली काँग्रेसका अभिषेक प्रताप शाह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बीरेन्द्र कुमार कानोडिया र नेपाली कम्युनिष्ट पार्टीबाट एहसान अहमद खाँ चुनावी प्रतिपर्धा देखिन्छ ।