Connect with us
Kapilvast Forest

प्रचण्ड फागुन १६ गते कपिलवस्तु आउने

२०८२, १४ फाल्गुन बिहीबारमा प्रकाशित

पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १६ गते शनिबार कपिलवस्तु आउने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी का संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्ड कृष्णनगरमा आयोजना हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत आउने कार्यक्रम रहेको छ।

क्षेत्र नम्बर ३ का उम्मेदवार एहसान अहमद खाँको समर्थनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड कपिलवस्तु आउन लागेको केन्द्रीय सदस्य रहिस शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार सभामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कृष्णनगरमा हुने उक्त सभालाई लक्षित गरी तयारी तीव्र पारिएको जनाइएको छ। स्थानीय स्तरमा चुनावी माहोल थप तातिने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu