रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको अग्रता
बुटवल । रूपन्देही निर्वाचन क्षेत्र २ को रास्वपाका सुलभ खरेलले अग्रता लिएका छन् ।
४०६६ मत गन्दा रास्वपाका खरेलले २७८१ मत पाएका छन् । एमालेका विष्णु पौडेलले ६०९, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ३०५, नेकपाका विश्वदीप पाण्डेले ३५ र श्रम संस्कृति पार्टीका भिमबहादुर गौतमले ९२ मत पाएका छन् ।
रुपन्देही २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ७ सय १५ मत खसेको थियो ।