Connect with us
Kapilvast Forest

हैदरावादलाई हराउँदै आरसीबीको विजयी सुरुवात

२०८२, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा विजयी सुरूवात गरेको छ।

शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

त्यसअघि टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो

पहिलो खेलमा जित हात पारेको डिफेन्डिङ च्याम्पियन बेंगलुरु २ अंकका साथ शीर्ष स्थानमा छ। पराजित हैदराबादको १ खेलबाट कुनै पनि अंक रहेको छैन।

प्रतियोगिता अन्तरगत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj