Connect with us
Kapilvast Forest

फिफा विश्वकप खेल्ने ४८ वटै टोलीको टुंगो

२०८२, २० चैत्र शुक्रबारमा प्रकाशित

एजेन्सी । आगामी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै टोलीको टुंगो लागेको छ।

यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र फरक ढाँचामा आयोजना हुँदैछ भने विश्वकपमा पहिलोपटक ४८ टोलीहरू सहभागी हुन लागेका हुन्।

छनोट यात्रा सेप्टेम्बर २०२३ बाट सुरु भएको थियो र करिब डेढ वर्षसम्म चलेको थियो। विश्वका ६ वटा फुटबल महासंघबाट टोलीहरू छनोट भए। अन्तिम चरणमा अन्तरमहादेशीय प्लेअफबाट डीआर कंगो र इराकले विश्वकपमा स्थान बनाएका हुन्।

युरोपबाट भने ठूलो उलटफेर देखियो, जहाँ चार पटकको च्याम्पियन इटली फेरि छनोट हुन असफल रहँदा बोस्निया–हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिक छनोट भए। एसियाबाट हालसम्मकै धेरै आठ टोली छनोट भएका छन्। अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन्।

काठमाडौंः आगामी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै टोलीको टुंगो लागेको छ।

यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र फरक ढाँचामा आयोजना हुँदैछ भने विश्वकपमा पहिलोपटक ४८ टोलीहरू सहभागी हुन लागेका हुन्। छनोट यात्रा सेप्टेम्बर २०२३ बाट सुरु भएको थियो र करिब डेढ वर्षसम्म चलेको थियो। विश्वका ६ वटा फुटबल महासंघबाट टोलीहरू छनोट भए। अन्तिम चरणमा अन्तरमहादेशीय प्लेअफबाट डीआर कंगो र इराकले विश्वकपमा स्थान बनाएका हुन्।

युरोपबाट भने ठूलो उलटफेर देखियो, जहाँ चार पटकको च्याम्पियन इटली फेरि छनोट हुन असफल रहँदा बोस्निया–हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिक छनोट भए। एसियाबाट हालसम्मकै धेरै आठ टोली छनोट भएका छन्। अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन्।

उत्तर तथा मध्यअमेरिकाबाट कुरासाओ, हैटी र पनामा छनोट भएका छन् भने ओसियानियाबाट न्यूजिल्यान्डमात्र सहभागी हुनेछ। दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वेले स्थान बनाएका छन्। अफ्रिकाबाट यसअघि नै अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भएका छन्। अफ्रिकाबाट पनि हालसम्मकै धेरै १० टोली सहभागी हुनेछन्।

युरोपबाट अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्वीट्जरल्यान्ड छनोट भइसकेका थिए। यसपटकको फिफा विश्वकप तीन देश– अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुनेछ। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म, कुल ३९ दिन चल्नेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ।

यसपटक १२ समूह बनाइएको छ र प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सिधै राउन्ड अफ ३२ चरणमा प्रवेश गर्नेछन्। साथै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा पुग्नेछन्। यसरी कुल ३२ टोली नकआउट चरणमा पुग्नेछन्। यो संस्करणमा कुल १ सय ४ खेल हुनेछन्। खेलहरू अमेरिकाका ११ शहर, मेक्सिकोका तीन र क्यानडाका दुई गरी १६ सहरमा खेलाइनेछन्।

उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध अज्टेका रंगशालामा हुनेछ। फाइनल खेल न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुनेछ, जहाँ नयाँ विश्व च्याम्पियन घोषणा गरिनेछ। तीन देश र फरक समय क्षेत्र भएकाले खेलहरू १३ फरक समय तालिकामा हुनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu