Connect with us
Kapilvast Forest

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने

२०८२, २२ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज आइतबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको छ।

मुद्दाको लिखित जवाफ आइसकेको तथा सार्वजनिक चाँसोको समेत विषय भएकाले आइतबार दुवै जनाका रिट पेसीमा चढाउने तयारी सर्वोच्च प्रशासनले गरेको छ ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu