स्वास्थ्य कर्मीहरुका लागी आँखा स्वास्थ्य शिक्षा तालीम
चन्द्रटौ-
स्वास्थ्य कर्मीहरुका लागी आधारभुत आँखा स्वास्थ्य शिक्षा तालीम शिवराज नगर पालिकामा ५ चन्द्रटौमा सनिबार सम्पन्न् भएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखाको पहलमा छन्द काले बाबु नारायणी आँखा अस्पतालको आयोजनामा स्वास्थ्य कर्मीहरुका लागी आधारभुत आँखा स्वास्थ्य शिक्षा तालीम सम्पन भएको हो । कार्यक्रममा राप्ती आंखा अस्पतालका सालीक राम गौतमले सहजीकरण गर्नु भएको थियो ।
सहजीकरण गर्दै गौतमले आंखामा आउने समस्या,के कारणले समस्या आउन सक्छन,बंच्ने उपाए जस्ता बिषयबस्तुमा रहेर तालिममा सहजीकरण गर्नु भएको थियो । नगरपालिकालले आंखा सम्बन्धि जनचेतनाको लागि यस्तो कार्यक्रम गर्न सुरुवात गरेको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्राईले जानकारी गराउनु भयो । शाखा प्रमुख भट्राइले अव केहि महिना भित्र आंखा सम्बन्धि आधारभुत तालिम सचालन गर्ने समेत जानकारी गराउनु भयो । शाखा प्रमुख भटराइले आंखामा आउने सामान्य समस्याको कारण मान्छेलाई पन्धो बन्न नगरोस भन्ने उद्धेश्यका साथ यस्ता कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
शिबराज नगरपालिका अन्तरगतका सबै स्वास्थ्य चौकीमा कार्यरत ३२ जना स्वास्थ्य कर्मी सहभागी रहेका थिए । कार्यक्रमका शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्राईको प्रमुख आतित्यतामा छन्द काले बाबु नारायणी आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जसराज वि.क.को अध्यक्षतामा सम्पन्न् भएको भियो ।