लखनउको शानदार जित, कोलकाता जितविहीन
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को संस्करण अन्तर्गत लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।
कोलकातास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको लखनउ सुपर जायन्ट्सले ७ विकेटको क्षतिमा अन्तिम ओभरको अन्तिम बलमा लक्ष्य पूरा गर्दै जित दर्ता गरेको हो।
लखनउ ३ खेलमा २ जित सहित ४ अङ्क बटुल्दै अंकतालिकाको पाँचौं स्थानमा रहेको छ। कोलकता नाइट राइटर्स भने चार खेल खेल्दा हालसम्म जितविहीन रहेको छ। शुक्रबार आइपीएलमा एक खेल रहेको छ। राजस्थान रोयल्स (आरआर) र रोयल च्यालेन्जर्स बेंगलोर(आरसीबी)ले नेपाली समयअनुसार ७:४५ मा गुहाटीमा खेल्नेछन्।