सदस्यता विवादले उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गत चैत १२ गते सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनिश्चित कालका लागि स्थगित गरेको छ ।
पाटन उच्च अदालतले हाललाई निर्वाचन स्थगित गर्नका लागि आदेश दिएपछि महासंघको निर्वाचनका लागि गठित निर्वाचन समितिले अर्को निर्णय नहुँदासम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको सूचना जारी गरिएको हो ।
अदालतको आदेशपछि निर्वाचन अधिकृतत्रय सुमनकुमार केसी, चन्द्रमणि निरौला र मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जारी गरेको सूचनामा पाटन उच्च अदालतको बिहीबारको अन्तरिम आदेशबमोजिम निर्वाचन स्थगित गरिएको उल्लेख छ ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवादसम्वन्धी मुद्दामा अदालतले विपक्षी नेपाल उद्योग बाणिज्य महासंघलाई यस्तो आदेश दिएको हो ।