Connect with us
Kapilvast Forest

सुरेन्द्र बर्मा बने मिस्टर कपिलवस्तु

२०८२, २९ चैत्र आईतवारमा प्रकाशित

कपिलबस्तु । मिस्टर कपिलवस्तु २०८२ को उपाधि सुरेन्द्र बर्माले जितेका छन् ।

शारीरिक सुगठन तथा फिटनेश सामाजिक संस्थाले आयोजना गरेको मिस्टर कपिलवस्तु शारीरिक सुगठन प्रतियोगीतामा बर्माले उपाधी हासिल गरेका हुन् । उपाधीसँगै उनले ट्रफी र नगद ५० हजार प्राप्त गरे । बर्माले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै विधागत विजेताहरूलाई पछि पार्दै उपाधी हात पारेका हुन् ।

यसैगरी ७० किलोमाथी तौलमा ईश्वर पुन प्रथम,मोहम्द ईस्तेखार हलुवाई दोस्रो र शैलेन्द्र श्रीमाल तेस्रो भएका थिए । ६० केजी तौल समुहमा महसुद अली दर्जी प्रथम र सम्साद मुसलमान द्वितीय र अलफाज खा तेस्रो भए ।

६५ केजी तौल समुहमा सुरेन्द्र बर्मा प्रथम, शैलेन्द्र प्रसाद कसौधन दोश्रो तथा योगमणि तिवारी तेश्रो भए । ७० केजी तौल समुहमा बिकास श्रेष्ठ प्रथम, सुग्रीव कुर्मी दोश्रो र बिरु यादव तेश्रो भएका हुन् । प्रतियोगीता ६०, ६५, ७० र ७० माथि गरी चार तहमा राखिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu