Connect with us
Kapilvast Forest

लासबाट सुन चोरिएको अस्पतालमा ३८ लाखको घोटला

२०८३, ५ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा रहेको आधारभूत अस्पतालबाट २०८२ भदौमा एकजना महिलाको लासबाट सुन चोरी भएको तपाईलाई थाहै छ । सोही अस्पतालमा करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक घोटला भएको रहस्य बाहिरीएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका अभिलेखमा बैंक खातामा रकम जम्मा गरिएको देखाउने १२८ वटा भौचर भेटिए पनि वास्तविक बैंक विवरणमा भने उक्त रकम नदेखिएपछि प्रकरण बाहिर आएको हो ।

रकम दाखिला गर्ने अस्पतालका कर्मचारीले नक्कली बैंक भौचर पेस गरेको रहस्य खुलेको छ ।
भौचरमा प्रयोग गरिएको छाप नै ‘नक्कली’ भएको स्रोतले जनाएको छ।

यस विषयमा नगर प्रमुख अजय थापा को हस्ताक्षरमा बैशाख ४ गते पत्र जारी गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटा लाई छानबिन गरी दोषीमाथि कारबाही गर्न पत्राचार गरिएको छ।

यता अस्पतालका अधक्ष्य नेत्र प्रसाद बेल्वासे ले उक्त रकम बैंक विवरणमा किन नदेखिएको हो भन्ने स्पष्ट पार्न बैंकलाई औपचारिक पत्र पठाइएको जानकारी दिएका छन्।

पालिका जनप्रतिनिधिले बैकका कर्मचारी र अस्पतालका कर्मचारिको मिलोमत्तोमा रकम हिनामिना भएको आशका गरेका छन |

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu