Connect with us
Kapilvast Forest

ट्राफिकद्वारा विशेष माइकिङ अभियान सुरु

२०८३, ६ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु-

सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुले ‘’विशेष माइकिङ अभियान’’सञ्चालन गरेको छ।

ट्राफिक प्रहरी कार्यलय तौलिहवाका प्रमुख पहरी नायव निरीक्षक बिष्णु प्रसाद न्यौपानेको नेतृत्वमा आन्दोलनचोकबाट मोटरसाईकलमा माईकिङ अभियान सुरु भई बहादुरगंज चोक , गौढी चोक , भिक्षु चोक ,प्रशासनचोक र जमुवार पुलसम्म माइकिङ्ग गरिएको छ ।

यो माइकिङ्गमा बजार क्षेत्रमा हर्न नबजाउने, फूटपाथमा अनावश्यक पार्किङ नगर्ने, दुई पांग्रे सवारीमा चालक र सहचालकले हेलमेट प्रयोग गर्ने ,रातको समयमा हुन सक्ने दुर्घटना न्युनीकरणको लागि सवारीको पछाडिको भागमा रिफ्लेक्टर स्टिकर टांस गर्ने,मद्यपान गरी सवारी नचलाउने जस्ता ट्राफिक नियम सम्बन्धी बिषयमा माईकिङ गरिएको थियो ।

ट्राफिक प्रहरीको लागि नियम मानिदिनु पर्ने नभई स्वय् व्यक्तिको रक्षाको लागि ट्राफिक नियम जान्नु पर्ने र मान्नु पर्ने हुन्छ त्यसको लागि सवारीको स्पिड कम राख्ने , पैदलयात्री बाटो हिड्दा सडकको फुथपात र बाटो क्रस गर्दा जेब्रा क्रसिङबाट बाटो क्रस गर्नु पर्ने , चारपांग्रे सवारीमा चालकले सीटबेल्टको प्रयोग गर्नुपर्ने जस्ता नियमको पालन गर्न अपिल गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu