Connect with us
Kapilvast Forest

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात् सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९÷२०१० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।

पावर समीट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का महासचिव आशिष गर्गले गरेको विश्लेषणअनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन भने सन् २०२० मा ११ मेगावाट हुनेछ ।  यसैगरी सन् २०२१ मा विद्युत् उत्पादन २२३६ मेगावाट हुनेछ भने ७०१ मेगावाट सरप्लस हुने छ । त्यसैगरी सन् २०२३ मा भने उत्पादन ५२४९ मेगावाट पुग्नेछ भने १६२५ मेगावाट सरप्लस हुनेछ । यसरी बढ्दै जाँदा पाँच वर्षमा ३ हजार विद्युत् सरप्लस हुनेछ । यो समाचार आजको कारोबारमा भीम गौतमले लेखेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu