ओप्पो ए६ एक्स बजारमा,यस्ता छन् बिषेशता
काठमाडौं : ओप्पो ए६ एक्स स्मार्टफोन नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ । भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधाहरू समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।
यस डिभाइसमा ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रंगहरूमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मुथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । म्याट फिनिससहितको स्लिक डिजाइनले फोनलाई प्रिमियम लुकका साथै सहज ग्रिप पनि प्रदान गरेको छ । टिकाउपनलाई ध्यानमा राख्दै यसमा आइपी ६४ स्तरको धुलो तथा पानीबाट जोगिने क्षमता समावेश गरिएको छ ।
‘स्प्ल्यास टच’ सुविधाका कारण स्क्रिन भिजेको अवस्थामा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ भने ग्लोभ टच सुविधाले पञ्जा लगाएर पनि सहज प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । ओप्पो ए६एक्स स्न्यापड्रागन ६८५ (६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ, जसले दैनिक रूपमा हुने धेरै कार्य र सामान्य प्रयोगका लागि प्रभावकारी प्रदर्शन दिन्छ । यसमा युएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउँछ । फोनमा ६५०० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सहयोग पु¥याउँछ । यसमा १५ वाट चार्जिङ समर्थनका साथै रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ, जसमार्फत अन्य उपकरणहरू चार्ज गर्न सकिन्छ ।
ओप्पो ए६एक्स को मूल्य रु ३२,४९९ तोकिएको छ । सार्वजनिक अफरअन्तर्गत ग्राहकहरूले खरिद गरेको एक महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा सहितको ग्यारेन्टी पाउनेछन् र यो अफर १० असार २०८३ सम्म लागू हुनेछ । साथै, पहिलो ३०० जना खरिदकर्तालाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।