गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा
दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही प्रहरी नियन्त्रणमा परेकी छन्। दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
बैंकिङ कसुरमा मुद्दा परेपछि गाउँपालिका अध्यक्ष शाही आफैँ प्रहरीकोमा आएर उपस्थित भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले बताए। शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।