संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ।
शर्माको सिफारिसले सर्वोच्च अदालतमा वरिष्ठताको परम्परा तोडिएको छ भने परिषद्का केही सदस्यले लिखित असहमति जनाएका छन्।
शर्मा कानुन क्षेत्रमा लामो अनुभव भएका न्यायाधीश हुन् र उनले न्यायिक सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए।
काठमाडौँ — संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइपछि शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो ।
सिंहदरबारमा मंगलबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सचिवालयले जानकारी दिएको छ । अब राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
शर्माले संसदीय सुनुवाइ समितिमा न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना पेस गरेका थिए । साथै सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाफ दिएका थिए । सुनुवाइका क्रममा सांसदहरूले दरपीठविरुद्धको निवेदन दर्ता नगर्न दबाब दिएको, अदालतमा ग्रुपिज्म रहेको र एनसेलको कर विवादलगायतका मुद्दामा गरेका फैसलाबारे पनि सवाल उठाएका थिए ।
संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।