Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मानव अधिकार सम्बन्धी प्रशिक्षण

२०८३, ३० जेष्ठ शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु-

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा र लुम्बिनी प्रदेश शाखाको संयुक्त आयोजना तथा शिवराज नगरपालिका वडा नम्बर ५ र वडा नम्बर १ को आर्थिक सहयोगमा एक दिने मानव अधिकार सम्बन्धी प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शिवराज नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्व मन्त्री माननीय अर्जुन कुमार के.सी.को उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिवराज नगरपालिकाका संस्थापक नगर प्रमुख नेत्रराज अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे, वडा नम्बर १ का वडा अध्यक्ष खिम विक्रम के.सी. लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य जमसेर अली मियाँ, मानव अधिकारकर्मी मिना परियार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका कार्यसमिति सदस्य तथा सक्रिय सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा मानव अधिकारका आधारभूत पक्ष, नागरिकका अधिकार, राज्यको दायित्व तथा मानव अधिकार संरक्षणका विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण तथा सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष भूमिराज भट्टराई र मानव अधिकारकर्मी मिना परियारले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तह, नागरिक समाज र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रमले समाजमा मानव अधिकारप्रतिको सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu