Connect with us
Kapilvast Forest

गुटबन्दीको विषालु फल फलाउँदैनौं: बालेन, रबी

२०८३, ७ असार आईतवारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा चितवनको भरतपुरमा भव्य रूपमा शुरू भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिँदै रास्वपाले छोटो समयमा हासिल गरेको राजनीतिक सफलताको प्रशंसा गर्नुभयो ।
सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र गुट र उपगुटको राजनीति नगर्न नेता तथा कार्यकर्ताहरूलाई विशेष आग्रह गर्नुभएको छ ।
७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना गर्ने क्रमदेखि नै अड्चन र व्यवधानहरू बेहोर्नु परेको थियो । २०७९ साल असारमा जन्मेको रास्वपाका लागि सुरुमै पार्टीको नाम र चुनाव चिह्न (घण्टी) माथि कानुनी अवरोध सिर्जना आयो । पार्टीका लागि जन्म समयदेखि प्रतिकूलताहरू छिचोल्दै पहिलो महाधिवेशनसम्म आइपुगेको छ ।

तत्कालीन समयमा नयाँ पार्टी स्थापना गर्दैगर्दा आर्थिक र मानवीय स्रोत सीमित थियो । देशभर प्रभावकारी चुनावी अभियान चलाउन सक्ने सामर्थ्य त्यसबेला रास्वपासँग थिएन । २०७९ सालको निर्वाचनमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १११ क्षेत्रमा मात्र उम्मेदवार उठायो ।

आज भन्दा ठीक चार वर्षअघि पार्टी गठन गर्ने क्रममा २१ जना केन्द्रीय सदस्य पुरा गरेर निर्वाचन आयोगमा पेश गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई हम्मे हम्मे परेको थियो । त्यही शक्ति चार वर्षको यो अवधिका आरोह अवरोह पार गर्दै देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको छ ।

संगठनको बलमा सिमितता भएपनि सामाजिक सञ्जालको प्रयोगमा अन्य दललाई रास्वपाले अन्य दललाई उछिन्यो ।

चुनावी प्रचारको अस्त्र मूलतः सामाजिक सञ्जालाई बनायो । फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग र वेबसाइट सुरु गरेर जनतासँगे सम्बन्ध जोड्ने काममा रास्वपा सफल बन्यो ।

कांग्रेस–एमाले गठबन्धनको सरकार भएको बेला सभापति रवि लामिछाने विरुद्ध तत्कालीन सरकारले ‘राजनीतिक प्रतिशोध गरेको’ भन्दै गरिएको हस्ताक्षर अभियानले नागरिकसँग जोड्ने अर्को माध्यम बनेको थियो ।

परम्परागत राजनीतिबाट नागरिक आजित भइरहेको बेला जेनजी आन्दोलन भयो । सुशासन र भ्रष्टाचारको अन्त्यको माग राखेर जेनजीले आन्दोलन भयो ।

जेनजी आन्दोलनमा उठेको मूल मुद्धा सुशासन र भ्रष्टाचारको अन्त्यलाई चुनावी एजेन्डा बनायो । जेनजी आन्दोलनमा देखियो । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट सहित प्रतिनिधि सभामा पहिलो शक्ति बन्यो ।

गत निर्वाचनमा जनताको अभूतपूर्व समर्थन प्राप्त गरेर सरकार गठन गरे लगत्तै महाधिवेशनन्मुख भयो । चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने यसअघि गरेको निर्णयबाट अझ अघि बढेर असारमै महाधिवेशन गर्ने समय निर्धारण गर्‍यो । जेठको पहिलो सातादेखि कार्यतालिका प्रारम्भ गरेको रास्वपाले छोटा अवधिमा वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्‍यो ।

मधेशबाहेक अन्य प्रदेश समिति बनेको छ । ६४ जिल्लाको अधिवेशन सकिएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ६५८ पालिकामा समिति रहेको र ६०९ पालिकाको अधिवेशनबाट नयाँ नेतृत्व आएको छ । चुनाव लगत्तै तीव्र संगठन विस्तार गरेको रास्वपाले चार हजार ३०० वडामा संगठन बनाएको छ ।

रास्वपा विना संगठन २०७९ सालको निर्वाचनमा होमिएर थियो । गत निर्वाचन अघि पनि सांगठनिक अवस्थामा रास्वपामा मजबुत बनिसकेको थिएन । धीमा गतिमा बढिरहेको संगठन निर्माणले चुनाव लगत्तै तीव्रता पायो । निर्वाचनबाट प्राप्त परिणाम र त्यसलगत्तै आयोजना गरिएको महाधिवेशनले रास्वपा सांगठनिक रुपमा बलियो शक्तिका रुपमा उभिने अवस्थामा पुगेको छ ।

देशभरका ५ लाख बढी सदस्यको बलमा तय भएका प्रतिनिधिहरु यतिबेला रास्वपाको इतिहास कोर्नका लागि चितवनमा भेला भएका छन् । रास्वपा सभापति रवि लामिछानेको शब्दमा ‘निलो क्रान्तिको राजधानी’ मा रास्वपाका नेता कार्यकर्ता उत्साहका साथ भेला भएका छन् ।

तत्कालीन समयमा २१ जना केन्द्रीय सदस्य पुर्‍याउन कठिनाइ भोगेको रास्वपाको केन्द्रीय समितिमा पुग्न खोज्नेहरूको तछाडमछाड छ । निर्वाचनका लागि केन्द्रीय सदस्यका लागि छुट्याइएको ९९ जनामा पुग्नका लागि उम्मेदवारका आकांक्षीहरुले हजार बढी रहेको एक केन्द्रीय सदस्यले दाबी गरे । उनी भन्छन्,‘चार वर्ष अघिको रास्वपामा केन्द्रीय सदस्य बनिदेउन भन्दा मान्छे पाइने थिएन । अहिले जो भेट्यो, केन्द्रीय सदस्यमा उठ्छु भन्छन् ।’

पार्टी गठन भएको चारवर्ष पुगेकै दिन आयोजित प्रथम महाधिवशेनमा देशभरका नेता कार्यकर्ता र शुभेच्छुकहरु भरतपुरमा उतारेर रास्वपाले उद्घाट्न सत्रलाई ‘विशेष’ बनायो । रास्वपाले आफ्ना कार्यकर्ता र शुभेच्छुक मात्रै भेला गरेन, अन्य दलका नेताहरुलाई निमन्त्रणा गरेर पार्टी र सरकारको लागि सुझाव लियो ।

महामन्त्री बुर्लाकोटीका अनुसार प्रतिनिधि र राष्ट्रिय सभामा रहेका दलहरुको मूल नेतृत्वलाई महाधिवेशन आमन्त्रण गरिएको थियो ।

नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं आफैं रास्वपाको महाधिवेशनमा अतिथि बने । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष डा.सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत शुभकामना मन्तव्य दिए ।

रास्वपाको उद्घाट्न सत्रले सत्ता र प्रतिपक्षमा देखिएको तिक्ततालाई कम गर्ने माध्यम बनेको छ ।

चुनावअघि एकविरुद्ध अर्को खरो उत्रने नेताहरुलाई नजिक ल्याउने माध्यम समेत रास्वपामा महाधिवशेन बनेको छ । कांग्रेस सभापति थापाले रास्वपामा सिक्ने भन्दै उक्त दलका नेता कार्यकर्तालाई फुरुङ बनाए । रास्वपाको चार वर्षे सफलता लोभलाग्दो रहेको बताए ।

‘पार्टी गठन भएको चार वर्षमै तपाईहरुले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ । यो लोभलाग्दो छ । म यसको मुक्तकण्ठाले प्रशंसा गर्दछु,’ कांग्रेस सभापति थापाले भने,‘संगठन निर्माणदेखि सभापति र प्रधानमन्त्री बधाईको पात्र हुनुहुन्छ ।’

रास्वपाले यो बीचमा बनाएको संगठन र निर्वाचनमा प्राप्त जनमतको अन्य सबै दलले प्रशंसा गरे । अर्कोतर्फ रास्वपा सभापति लामिछानेले ठूलो दल भएर दम्भ नदेखाउने विश्वास दिलाए । उनी भन्छन्,‘शक्तिशाली हुन भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन । प्रतिशोध साँध्ने लाइसेन्स प्राप्त गर्नु होइन ।’

चार वर्षमा पार्टी संगठन र राष्ट्रिय चुनावमा छलाङ मार्न रास्वपा सफल भएपनि दलभित्र कहिकतै समस्या आउनेप्रति सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह दुवै सचेत देखिए ।

गुट र उपगुटको राजनीति गरियो भने त्यसले दिने फल विषालु हुने भन्दै नेता कार्यकर्तालाई गुटगत राजनीति नगर्न सभापति लामिछानेले आग्रह गरे ।

गुटगत राजनीति सुरु गर्ने प्रस्थान विन्दु महाधिवेशन हुनसक्ने प्रति सभापति लामिछाने सचेत देखिए । नेता कार्यकर्तालाई भने,‘तर के रहेछ भने साथीहरु, बलिदान अरुले गरे ठिक मान्ने । अरुले आफूले गर्‍यो भने दुःख मान्ने ।’

वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेनले नेता बन्न जनताको विश्वास जित्नुपर्ने बताए । गुट उपगुट बनाउन नलाग्न आग्रह गर्दै नेता कार्यकर्तालाई भने, ‘एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्दछ । कुनै समूह बनाएर हुँदैन । त्यही भएर समूह बनाउने तिर नलाग्नुहोला ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu