Connect with us
Kapilvast Forest

सीमा क्षेत्रका जनताको गुनासो सुन्दै सशस्त्र

२०८३, १६ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु-
सीमावर्ती क्षेत्रमा रहेका नेपाली समुदाय र उनीहरुको गुनासो सुन्न शशस्त्र प्रहरी गाउँ गाउँ जान थालेको छ । नयाँ सरकार आएसंगै सीमा क्षेत्रबाट हुने राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा कठोर बनेको शशस्त्र प्रहरी बारे सीमा क्षेत्रका समुदायको धारणा बुझ्न तथा उनीहरु संग गर्न सकिने सहकार्य बारे छलफल थालेको छ ।

सोमबार शशस्त्र प्रहरीको नम्बर ५ बिन्दबासीनी बाहिनी मुख्यालय, रुपन्देहीले कपिलवस्तुको मायादेवी ४ चाकरचौडा सीमा क्षेत्रका स्थानीयबासी तथा जनप्रतिनिधी संग अन्तरक्रिया तथा छलफल गरेको छ ।

सो क्रममा बाहिनीपति शशस्त्र नायब महानिरिक्षक दिपक अधिकारीले सीमा क्षेत्रमा हुने अपराध, सीमा अतिक्रमण तथा अवैध ओसारपसार नियन्त्रणमा सीमाबासीकै प्रमुख दायित्व रहने बताएका थिए ।

“शशस्त्रले सीमा क्षेत्रमा सुरक्षा दिनु अघि देखि नै यहाँका सीमाक्षेत्रको सुरक्षा सीमाबासी नेपालीहरुले नै गर्दै आउनुभएको थियो, अब अपराध नियन्त्रण, लागुऔषध ओसारपसार र तस्करी नियन्त्रणमा पनि सहकार्य गरौ” उनले सीमाबासी समक्ष आग्रह गर्दै भने ।
सोहि क्रममा स्थानीयबासी महेन्द्र पाठकले सरकारले सीमानाकामा कडाई गर्ने र छोटी भन्सार नाकाहरु बन्द गर्ने गलत निति अवलम्बन गरेको गुनासो गरे ।

“तपाईहरु ५ सय बढिको सामान ल्याउन दिनुहुन्न्, यहाँको छोटी भन्सार नाका बन्द भइसक्यो, अब ६ सयको सामान भन्सार गराउन ५ सय खर्च गरेर कृष्णनगर, मर्यादपुर जाने ?” उनले प्रश्न गरे ।

भन्सार विभागले मासिक ७ लाख बढि राजस्व संकलन गर्दै आइरहेको चाकरचौडा भन्सार नाका बन्द गरिदिएको छ । यसै गरि वडा नम्बर ४ का वडा अध्यक्ष असफाक मुसलमानले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार तथा सेवनका घटनामा वृद्धि भएको भन्दै नियन्त्रणका लागि शशस्त्र प्रहरी र नेपाल प्रहरी संग स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए ।

शशस्त्र डिआइजी अधिकारीलाई अधिकांश सीमाबासीले खेतमा प्रयोग गर्ने मलखाद नेपालमा अभाव रहेको र भारतबाट ल्याउदा शशस्त्रले ल्याउन नदिने लगायतको गुनासोहरु गरेका थिए ।

शशस्त्र प्रहरी बल २८ नम्बर गण हेक्वा प्रमुख शशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले जिल्लाका सबै सीमाक्षेत्रका गाउँ तथा बस्तीहरुमा शशस्त्रले अन्तरक्रिया, छलफल अभियानलाई निरन्तरता दिने बताए ।

“हामीले बर्डर इन्टरयाक्शन टिम (बिआइटी) को अवधारणा अनुसार अभियान सुरु गरेका छौ” उनले भने । यस्ता कार्यक्रमबाट सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि, चोरी तस्करी, लागूऔषध ओसारपसारलाई नियन्त्रण गर्न मद्धत गनुका साथै सूचना र महत्वपूर्ण जानकारीहरु प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा सीमा सुरक्षा गुल्म चाकरचौडाका डिएसपी दिपेन्द्र विष्ट तथा सो क्षेत्रका ६० जना भन्दा बढि स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu