Connect with us
Kapilvast Forest

कुमारी बैंकद्वारा समयथानलाई डस्टबिन वितरण

२०८३, १७ असार बुधबारमा प्रकाशित

कपिलवस्तु – कुमारी बैंक लिमिटेड चन्द्रौटा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिवराज नगरपालिका–४, खरेन्द्रपुरस्थित समयथान माध्यमिक विद्यालयलाई ४० थान डस्टबिन हस्तान्तरण गरेको छ।

बैंकका चन्द्रौटा शाखा प्रमुख विकास खनालसहितको टोलीले विद्यालयमै पुगेर डस्टबिन हस्तान्तरण गरेको हो।
डस्टबिन वितरण कार्यक्रमले विद्यालयमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन, सरसफाइको संस्कार विकास गर्न तथा वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

विद्यालयमा उचित फोहोर व्यवस्थापनको आवश्यकता औंल्याउँदै विद्यालय परिसरलाई स्वच्छ र सफा राख्न यस्ता सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

शाखा प्रमुख विकास खनालले डस्टबिन वितरणले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद गैरेले स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसरले विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै बैंकप्रति आभार व्यक्त गरे।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu