Connect with us
Kapilvast Forest

आन्दोलनमा नेपालगञ्जमा तोडफोड भएका सालिक पुनर्निमाण

२०८३, २३ असार मंगलवारमा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ ।

दोस्रो जनआन्दोलन २०६२/ ६३ देखि गत वर्ष भदौमा भएको जेन-जी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो ।

विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार, बीस वर्ष अघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेनजी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बीपी, पुष्पलाल र शहीद सेतु विकको सालिकहरु पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ ।

सालिकसँगै चोकहरुको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरु आकर्षक देखिँदै गएको नगरप्रमुख विष्टले बताए । केही दिनभित्रै सालिकहरुको शुभारम्भ गरिने उनको भनाइ छ ।

२०६२/०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu