Connect with us
Kapilvast Forest

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच सम्झौता, एसएमएसमार्फत जोखिम सूचना प्रवाह हुने

२०८३, ३२ असार बिहीबारमा प्रकाशित

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार देशभरका विभिन्न जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय मोबाइल ग्राहकलाई ११५५ सर्टकोड प्रयोग गरी जल तथा मौसमजन्य प्रकोप तथा विपद् जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत पठाइनेछ ।

यस सेवामार्फत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता सम्भावित प्रकोपबारे समयमै जानकारी उपलब्ध गराइने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले विभिन्न नदी तटीय क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानका एसएमएस पोलिगन, फ्ल्यास फ्लड पोलिगन, जिल्लागत तथा स्थानीय तहगत नक्सालगायत आवश्यक भौगोलिक विवरण नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu