कामना सेवा विकास बैंकले सुरु गर्यो नेपाल पे कार्ड
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्ड जारी गर्न थालेको छ । बैंकले नेपाल पे कार्ड इस्यु तथा अक्वायर गर्न थालिएको जनाएको छ ।
डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटिएमहरुबाट नेपालपे कार्डका साथै डिक्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले अन्य कार्ड स्कीमहरुका साथै नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट सुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।