काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक शुक्रबार बस्दैछ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक शुक्रबार बिहान ११ बजे बस्न लागेको हो ।
संस्थापन इतर पक्षले १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।