Connect with us
Kapilvast Forest

स्काईवेलका बिई ११ मोडल नाडा अटो सो लन्च

२०८३, १० भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बिई ११ मोडल नाडा अटो सो २०२६को अवसरमा औपचारिक रूपमा लन्च गरिएको हो ।

स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको नाडा अटो सो २०२६को अवसर पारेर नेपालमा बिई ११का दुई भेरियन्ट लन्च गरेका हुन् । जसअनुसार ४१० किमि रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमि रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमि रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमि रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ ।

नाडा अटो सो अवधिभरिका लागि कम्पनीले विशेष अफर पनि ल्याएको छ । जसअन्तर्गत नाडा अटो सो अवधिभरका लागि ४१० किमि रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमि रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमि रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमि रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ । सोमबार एलआरआर मोटर्सले स्काईवेलको लोगो अनावरण गरेको थियो ।

कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बिई११ले एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बिई११ ले एकपटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ ।

यो इभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ ।

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो इभीलाई लक्जरी बनाएको छ । साथै, यो इभीमा १९८ एमएमको भव्य ग्राउन्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका कारण यो इभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिँड्न सक्ने कम्पनीको दाबी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu