ट्रकको ठक्करबाट एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रेसुङ्गा –७ स्थित जिपपार्कमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भुजेलखर्कका २५ वर्षीय पवन विकको मृत्यु भएको प्रहरी जनाएको छ।
गुल्मीदरबार –७ निवासी टेकबहादुर खत्रीले पार्किङ गरी राखेको लु १ ख ८९०७ नम्बरको ट्रकले मंगलबार साँझ विकलाई ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि बुटवल पठाइएको थियो। उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।