Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ११ लाखको अवैध औषधी बरामद

२०८३, १० भाद्र बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तु- सशस्त्र प्रहरीले कपिलवस्तुमा करिब ११ लाख रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ।

कृष्णनगरस्थित सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीको कमाण्डमा खटिएको टोलीले आज बिहान करिब ११ बजे भन्सार छली गरी ल्याइएका औषधी बरामद गरेको हो।

विशेष सुराकीका आधारमा सीमा क्षेत्रमा परिचालित टोलीले दसगजा क्षेत्रको किनारमा लुकाएर राखिएको अवस्थामा १० लाख ८२ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २८ हेक्वा गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिनुभयो ।

बरामद औषधीमध्ये क्यान्सरको उपचारमा प्रयोग हुने भिनेट, नवजात शिशुमा प्रयोग हुने नियोसर्फ तथा उच्च रक्तचापमा प्रयोग हुने सिपमिडो लगायत महँगा औषधी रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका औषधी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

नेपालमा औषधी आयातमा लाग्ने भन्सार महसुल वृद्धि, औषधीको मूल्यवृद्धि तथा कतिपय औषधीको अभावका कारण सीमावर्ती क्षेत्रमा अवैध रूपमा औषधीको ओसारपसार बढिरहेको प्रहरीको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu