Connect with us

बाढीपहिरो राहत कोषमा जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

२०८३, १९ भाद्र शुक्रबारमा प्रकाशित

विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन्।

रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्। जेन्सेनको यो सहयोगले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने वाग्लेले बताए ।

यो सहयोग हालसम्म बाढी–पहिरो राहतका लागि कुनै पनि बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त सबैभन्दा ठूला सहयोगमध्ये एक मानिएको हो।

अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको यस ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu